डा. बाबुराम भट्टराई आज स्वदेश फर्किदै – Nagarikabhiyan : National News

डा. बाबुराम भट्टराई आज स्वदेश फर्किदै

काठमाडौँ ।स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली पुगेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका छन् ।

न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली गएका भट्टराईको बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभएको निष्कर्ष आएपछि आज उनी स्वदेश फर्किन लागेका हुन् ।

डा.भट्टराई आज नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्कने छन् । चिकित्सकहरूले क्यान्सर नभए पनि ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका छन् । दुई–तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने छ । तत्कालै शल्यक्रिया नभए क्यान्सर हुनसक्ने खतरा रहेको चिकित्सकको भनाइ छ ।