तोलामा १७ सय घट्यो सुन, हेर्नुहोस कतिमा हुँदैछ कारोबार
१८ फाल्गुन २०७७, मंगलवार ११:३१
काठमाडौँ ।आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । हिजो प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ६५० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैयाँ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया