१ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर इँटा लगाइएकोमा स्थानीयले गरे विरोध – Nagarikabhiyan : National News

१ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर इँटा लगाइएकोमा स्थानीयले गरे विरोध

काठमाडौं ।  सर्लाही जिल्लाको धनकौल गाउँपालिकाले वडा नम्बर १, सेखौना टोलमा ९ लाख रुपैयाँको लागतमा सडक ढलानको  कार्य हुदैछ ।

निर्माणका कार्य  गुणस्तरहीन भएपछि त्यहाँका स्थानीय सर्वसाधारणले विरोध गरेका छन्  । उक्त सडक ढलान निर्माणस्थलमा कुनै पनि निकायको रेखदेख नपुग्दा  विरोध जनाएका छन।   ९ लाखको लागतमा बन्दै गरेको ९०/९५ मिटर लामो, १२ फिट चौडाइ र ८ इन्च उचाइ भएको सडक ढलानमा १ नम्बर इँटा लगाउनुपर्नेमा ३ नम्बर इँटा लगाइएको भन्दै स्थानीयले विरोध गरेको छ । उपभोक्ता समितिका सदस्य प्रेम यादवले निर्माण कार्य सुरु गर्दा १ नम्बर इँटा पाउन कठिन भएकाले ३ नम्बर इँटा प्रयोग गरिएको बताए । उता गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले कमसल सामग्री प्रयोग गरेर बाटो निर्माण भइरहेको नागरीक गुनासो आएपछि तत्काल काम बन्द गर्न निर्देशन दिइएको बताए ।