पूर्व प्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टि
१७ फाल्गुन २०७७, सोमबार १२:१५
काठमाडौ । पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परीषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि भएको छ ।
भट्राइले आफ्नो आधिकारीक ट्वीटरमा चिकित्सकहरुले स्वास्थ्य परीक्षणका क्रममा उहाँको शरीरमा पलाएको ट्युमरमा क्यान्सर विकास भई नसकेको पाइएको र त्यसलाई जतिसक्दो चाँडो (दुई तीन महिना भित्र) शल्यक्रिया गरी फाल्न सुझाव दिएको ंउल्लेख गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया