लकडाउनमा पानी विवाद – Nagarikabhiyan : National News

लकडाउनमा पानी विवाद

इनरुवा । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको निहुँमा उत्पन्न विवादका क्रममा खुकुरी ल्याएपछि स्थिति असामान्य बनेको छ ।

प्रतिष्ठानको क्वार्टरमा बस्दै आएका एकअर्का परिवार बीच जेठ २ गते शुक्रबार बिहान पानी भर्ने समयमा विवाद उत्पन्न भएको हो । पत्नी–पत्नीबीचको विवाद बढ्दै गएपछि पतिपतिबीच पनि विवाद सुरू भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
त्यही क्रममा एक जनाको पतिले खुकुरी निकालेर तर्साउन खोजेपछि विवादले उग्र रूप लिएको थियो ।

डेण्टलमा स्टाफ नर्सको रूपमा कार्यरतका पतिले खुकुरी निकालेर ओटी टेक्निसियनको रूपमा कार्यरत अर्का व्यक्तिमाथि खुकुरी उजाएपछि नियन्त्रणमा लिएर दुवै परिवारलाइ सुरक्षागार्डले प्रहरीको जिम्मा लगाइएको थियो ।

‘पानीको विषयमा झगडाको सुरुवात भएको थियो । सुरुमा त पत्नीपत्नीबीचमा विवाद भएको रहेछ, विवाद बढेपछि स्टाफ नर्सको पतिले खुकुरी उजाएछ’–प्रतिष्ठानका सुरक्षागार्डले नाम नछाप्ने शर्तमा भने, ‘पछि दुवै परिवारलाई प्रहरीकहाँ जिम्मा लगाइदिएका छौं ।

उहँका अनुसार इलाका प्रहरी कार्यालय धरानमा दुवै पक्षलाई छलफल गराउने भन्दै बुझाइदिएको छौं । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले सामान्य विवाद भएर ल्याइएकाले दुवै पक्षलाई राखेर छलफल गराएर छाडिएको बताउनुभयो ।