बैदेशिक रोजगारमा रहेकालाई उद्धारको पहल गर्ने
२ जेष्ठ २०७७, शुक्रबार १७:५५
इनरुवा । बैदेशिक रोजगारीका क्रममा बिदेशिएका नगरवासीको हकमा इनरुवा नगरपालिकाले आवश्यक पहल थाल्ने भएको छ । लक डाउनका कारण
समस्यामा परेका त्यस्ता नागरिकको हकमा श्रम मन्त्रालय मार्फत दुतावाससँग समन्वय गरिने नगरपालिकाको कार्यालयले जनाएको छ । नगर प्रमुख राजन मेहताले सामी परियोजना अन्र्तगत रही विदेशमा समस्यामा परेका नगरवासीको हकमा आवश्यक पहल थालिने बताउनुभयो ।
मेहताले लक डाउनले विश्व आक्रान्त भैरहेको अवस्थाका बिच रोजगारीका लागि बिदेशिएका नगरवासीको विवरण संकलन समेत थालिएको बताउनुभयो । उहाँले विदेशमा रहँदा उपचार, खानपिन र बसोबासको व्यवस्था मिलाउन सम्वन्धित निकायमा पहल थालिएको बताउनुभयो । जसकालागि विदेशमा रहेकाहरुको बारेमा जानकारी गराउन उहाँले आग्रह समेत गर्नुभयो ।
नगरपालिकाको कार्यालयका अनुसार विदेशमा समस्यामा परेका नगरवासीहरुले सामी परियोजनाको इमेल ([email protected]) फेसबुक पेज SaMi Sunsari -samisunsari) वा इनरुवा नगरपालिकाको फेसबुक पेज मार्फत सम्पर्कमा आउन सकिने छ । त्यसैगरी परिवार वा आफन्तले नगरपालिकाको कार्यालयमा सो बारेमा जानकारी गराउन समेत सक्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया