सफल इङलिस बोर्डिङ स्कुलको पहिलो वार्षिक साधारणसभा सम्पन्न !
१३ फाल्गुन २०७७, बिहीबार १८:२३
काठमाडौँ। देवानगञ्ज गाउँपालिका वडा नम्बर – २ स्थित रहेको सफल इङलिस बोर्डिङ स्कुलको पहिलो वार्षिक साधारणसभा सु-सम्पन्न भएको छ।

वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिमा देवानगञ्ज गा .पा वडा नम्बर २ का वडा अध्यक्ष मजलुम अन्सारी मियाँ र विशिस्ट अतिथिमा देवानगञ्ज ई. प्र. का प्रहरी नायब निरिक्षक गजेन्द्र श्रेष्ठकाे उपस्थितिमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात भएको थियो ।
आजको यस सभा कार्यक्रममा संस्कृत कार्यक्रम समेत भएको छ भने साथै विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार दिने भएका छन । देवानगञ्ज गा .पा वडा नम्बर २ का वडा अध्यक्षले विद्यालयमा नगद रु. ५५०० पुरस्कार गरेको छ । लकडाउनको बेला विद्यार्थीहरुले पुरस्कार नपाएकाले आजको वार्षिक साधारणसभा मा दिइएको नागरिक अभियानको सम्बादाता जुगेश दास ले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया