नव निर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडेनले भने नेपालसँगको सम्बन्ध थप बलियो हुने !
१३ फाल्गुन २०७७, बिहीबार १५:०५
काठमाडौ ।
नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको जनाए ।
नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र स्वीकृत गर्ने क्रममा बाइडेनले भने दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका हुन्। खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गरेका छन् ।
अमेरिकी सरकारले आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने नेपाली राजदूतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया