इनरुवामा लकडाउन उल्लघंन गर्ने सय बढीलाई कोरोना कक्षा – Nagarikabhiyan : National News

इनरुवामा लकडाउन उल्लघंन गर्ने सय बढीलाई कोरोना कक्षा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा लक डाउनको उल्लंघन गरी घर बाहिर निस्कनेलाई कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएको छ ।

इनरुवाका एक सय बढीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर कोरोनाबाट बच्ने उपायको बारेमा कक्षा दिएर छाडिएको छ ।

प्रहरीले इनरुवा नगरपालिका भित्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा विहानको समयमा मर्निङ वाकमा निस्कने देखि सरसामान किन्न बजार निस्केका र विना काम भौतारिने समेत छन् । उनीहरु सबैलाई प्रहरीले केहिबेर अघि छाडेको छ ।

विहानको समयमा पक्राउ गरी छाडिएकाहरुलाई प्रहरीले सचेतना कक्षामा सहभागी गराएर आइन्दा लक डाउन उल्लंघन नगर्ने सर्तमा छाडेको छ ।

नियन्त्रणमा लिइएकाहरुको नामावली संकलन गरी छाडेको प्रहरीले पूनः लक डाउन उल्लंघन गरेको पाइए कानुन बमोजिम कार्वाहीको प्रकृयामा लैजाने प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।