जसपा मोरङ जिल्ला समायोजन घोषणा,कार्यकारणी र कार्य समितिद्वारा सपथ ग्रहण अध्यक्षमा राजकुमार:
११ फाल्गुन २०७७, मंगलवार १८:०३
बिराटनगर । जनता समाजवादी पार्टी एकता कार्यदलले मोरङमा पार्टीको समायोजन गरी मंगलबार घोषणा गरेको छ । कार्यदलले समायोजन गरी राजकुमार यादवको नेतृत्वमा चयन गरेको २५ सदस्यीय कार्यकारणी समिति र २ सय ५१ सदस्यीय जिल्ला कार्य समितिलाई सपथग्रहण गराएको हो । जसपाका केन्द्रिय कार्यकारणी सदस्य युवराज कार्कीले सबै जनालाई सपथ ग्रहण गराएका थिए ।
कार्यदलले २९ गते तत्कालिन संघीय समाजवादी पार्टीका राजकुमार यादवको संयोजकत्वमा जसपा मोरङको एकता प्रक्रिया टुंगो लगाएको थियो । कार्यदलले २५ सदस्यीय जिल्ला कार्यकारणी सदस्यमध्ये सदस्यमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता दलबाट समान १२–१२ जना सदस्य रहने निर्णय गरेको छ ।
सदस्यहरुमा रामानन्द साह, जगरनाथ राजबंशी, केशरमान गुरुङ, त्रिलोकचन्द गौतम, तिर्थराज घिमिरे, राछामी किराँती, मन्तलाल यादव, रामप्रसाद साह, बिनिता सिंह, महेश्वर यादव, बिनोद सिंह गनगाई, दिलिप चौधरी, विष्णु राई, राजकुमार थापा, हेमन्तीदेवी शर्मा र आशिष निरौलालगायतका नाम कार्यदलले घोषणा गरेको थियो ।
कार्यदलमा संघीय समाजवादीबाट युवराज कार्की, रामविलास यादव, संजयकुमार सिंह र जयराम यादव र राजपाबाट मोहम्मद कादिर, रामलाल सुतिहार, चन्द्रप्रसाद राजबंशी र हिरालाल मण्डल थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया