लागु औषध सहित १ जना पक्राउ
८ फाल्गुन २०७७, शनिबार १७:४०
पवन रौनियार- लौकही । सीमा सुरक्षा सशस्त्र प्रहरी बल लौकहीले लागुु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल लौकही बिओपिका सहायक प्रहरी निरीक्षक निमित्त बिओपि पति टीकासुर राईको कमान्डमा खटिएको गस्ती टोलीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
बिओपि लौकहीका अनुसार इटहरी उपमाहानगरपालिका वडा नं. ६ संगम टोलका २० वर्षिय सुरज चोधरीलाई लागु औषध सहित पक्राउ गरिएको छ ।
पक्राउ परेको चौधरीको साथबाट प्रतिबन्धित लागुओषध नाइट्रोजन टयाबलेट १ सय २ पता १ हजार २० पीस टयाब्लेट ,डाईलक्स डिसि १ सय ग्रामको २ पीस, गाँजा १५०ग्राम , स्पास्मो क्याप्सुल अबउकगभिक १ पत्ता ,धारिलो हतियार चक्कु १ थान सहित बरामद भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया