प्रदेश-२ प्रमुख झाले लिए पद तथा गोपनियताको सपथ – Nagarikabhiyan : National News

प्रदेश-२ प्रमुख झाले लिए पद तथा गोपनियताको सपथ

प्रदेश नं. २ का नवनियुक्त  प्रदेश प्रमुख राजेश झाले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । उनले शुक्रबार साँझ राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।

राष्ट्रपति भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले रौतहटका ‘राजेश अहिराज’ लाई प्रदेश २ को प्रमुखमा नियुक्त गर्नुभएको हो । मधेश मामिलामा विद्यावारिधी गर्नुभएको झा पत्रकारितामा पनि संलग्न हुनुहुन्छ । यसअघिको प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त हुनुभएको छ ।