आयोगले सूर्य चिन्ह नेकपालाई दिने नेम्वाङको दाबी – Nagarikabhiyan : National News

आयोगले सूर्य चिन्ह नेकपालाई दिने नेम्वाङको दाबी

इलाम । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले आयोगले सूर्य चिन्ह आफूहरुलाई दिने दाबी गरेका छन् ।

आज इलाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्वाङले आफूहरु नै आधिकारिक नेकपा भएको बताउँदै आफूहरुले नै सूर्य चिन्ह पाउने बताएका हुन् ।

पूर्वसभामुख समेत रहेका नेता नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी समेत गरेका छन् । संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले ताजा जनादेशमा जाने सरकारको निर्णय जायज भएको उनले बताए ।

प्रचण्ड–माधव नेपालतर्फ संकेत गर्दै नेम्वाङले जनताबाट अनुमोदन हुनबाट डराएर केही नेताले निर्वाचनविरुद्ध प्रचारबाजी गरेको भन्दै पार्टीको आधिकारिकता आफ्नो पक्षको भएको दाबी गरे ।
निर्वाचन आयोगले सूर्य चिन्ह पनि आफुहरुर्लाइ नै दिने भन्दै नेता नेम्वाङले कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गरेका छन् ।