सरस्वती पुजामा सांस्कृतिक कार्यक्रम सम्पन्न, उतकृष्ट बाल कलाकार पुरस्कृत
४ फाल्गुन २०७७, मंगलवार १६:३८
सुनसरीे इनरुवा नगरपालिका वार्ड नम्बर ९ बबियाको सरस्वती माविमा सरस्वती पूजाको अवसरमा मंगलबार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा मंगलबार बालकलाकाहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कोरोना कहरले त्रसित बनेका बालबालिका तथा विद्यार्थीहरुको सकृयामा एक वर्ष यता पहिलो पटक हजारौ बालबालिकाको सहभागितामा सांस्कृतिक कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालन भएपछि पहिलो पटक विद्यार्थीको माग र सक्रियतामा भएको कार्यक्रममा ४८ जना बाल कलाकारहरुले अभियन तथा नृत्य प्रस्तुत गर्नुभएको विद्यालयका शिक्षक देवकृष्ण यादव बताउनुभयो ।
कार्यक्रममा बाल कलाकार अस्मिता यादव, रानो मण्डल, सवनम मेहता, विवेक विश्वकर्मा सहितकाले आफ्नो बेजोड प्रस्तुती राखेका थिए ।
सम्पन्न भएको सांस्कृतिक कार्यक्रममा उत्कृष्ट बाल कलात्कारहरुलाई पुरस्कार र प्रमाण पत्र समेत वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवले जानकारी दिनुभयो ।
बाल कलाकारहरुले एक , जोडी र समूहमा समेत प्रस्तुती गरेका थिए । कार्यक्रममा सरस्वती पुजाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम र सरस्वती पुजा व्यवस्थापन गर्नका लागि गठित सरस्वती पुजा व्यवस्थापन समितिलाई समेत सम्मान गरिएको थियो ।
विद्यालयले गठन गरेको आशानन्द यादवको संयोजकत्वको पूजा व्यवस्थापन समितिलाई प्रमाण पत्र र गम्छाले सम्मान गरिएको विद्यार्थी रविन्द्र यादवले जानकारी दिनुभयो । कार्यक्रममा समितिका सदस्य गायत्री शर्मा, सवनम मेहता, मनोज यादव, देवेन्द्र यादव, रविन्द्र यादव, मुस्कान शर्मा, रुपक मेहता, काजल यादव, रनिया मण्डल, धिरज यादव, कैसर आलम, अस्मीता शर्मा लगायतकालाई सम्मान रहेको थियो । सभ्य र भव्य रुपमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको र बालबालिकाहरुले आआफ्नो प्रतिभा तथा कलाहरु प्रदर्शन गरेको विद्यालयका प्रधानाध्यपक तेजनारायण यादवले बताउनुभयो । सांस्कृतिक कार्यक्रममा शिक्षक श्यामदेव मेहता, उमेश मेहता, देवनारायण यादव, रामान्ध मण्डल, श्याम साह, शोभा मेहता, इनरुवा १० का वडा सचिव डिगम्बर यादव, शिक्षक विरेन्द्र मेहता सहितको उपस्थिती रहेको शिक्षक यादवले बताउनुभयो । उता जिल्लाको १२ पालिकाका १५ सय बढी शैक्षिक संस्थाहरु र हजारौ स्थानीयहरुले घरघरमा सरस्वती मुर्ती पुजा तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।
१, सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा सम्पन्न भएको सास्कृति कार्यक्रममा बाल कलाकार उराँव समुदायको मौलिक पोसाकमा नृत्य प्रस्तुत गर्दै ।
२,सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा सम्पन्न भएको सास्कृति कार्यक्रमका अथितिहरु तथा सरोकारवालाहरु ।
तस्बीर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया