सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरूद्ध प्रहरीमा जाहेरी
२ फाल्गुन २०७७, आईतवार १३:०५
काठमाडौँ । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् ।
सपनाले जाहेरी दिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले पुष्टी गरे ।
सँगै बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सार्वजनिक भएको थियो।
विनयले सपनाको बारेमा अश्लील सामग्री सार्वजनिक गर्ने भन्दै सार्वजनिकरुपमै अभिव्यक्ति दिएका थिए।
उनीहरुले सँगै काम गरुन्जेल एकअर्कालाई बाबु छोरीको रुपमा रहेको बताउने गरेका थिए।
तर बीबीसीले सपनालाई संसारकै १०० प्रभावशाली महिलाको सूचीमा चयन गरेको केहि समयपछि उनीहरुबीचको विवाद बाहिरिएको थियो। उनीहरु अहिले छुट्टाछुट्टै समूहमा काम गर्न थालेका छन्। उजुरी परेसँगै प्रहरीले विनयलाई पक्राउ गर्ने तयारी गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया