निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै
२ फाल्गुन २०७७, आईतवार ११:३०
काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै छ । निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आज (आइतबार) दलहरूलाई आयोगले बोलाएको हो ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बिहान ११ः३० बजे बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई छलफलका लागि बोलाएको हो ।
आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको र उक्त मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको जनाएको छ ।
सरकारले वैशाखमा निर्वाचन घोषणा गरेको छ । तर प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ, भने नेकपा विभाजित छ । यो अवस्थामा आयोगले प्रधानमन्त्री ओलीको दबाबमा चुनावको तयारी अगाडी बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया