बैशाखको चुनाव दुनियाँको कुनै तागतले पनि रोक्न सक्दैनः विष्णु पौडेल
१ फाल्गुन २०७७, शनिबार १८:२६
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका महासचिव विष्णु पौडेलले बैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको लुम्बिनी प्रदेशद्धारा आयोजित जनसभामा सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले बैशाख १७ र २७ गते निर्वाचन हुने बताएका हुन् ।
बैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने उनको भनाई छ । उनले लुम्बिनी प्रदेशका नेता कार्यकर्तालाई प्रदेशमा बहुसंख्यक सिटमा मात्रै नभई हिजो हारेको ठाउँमा पनि जित्नेगरी चुनावी तयारी गर्न निर्देशन समेत दिए । प्रधानमन्त्री ओलीले बलियो र शक्तिशाली पार्टी बनाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको भएपनि षडयन्त्रकारी तत्वका कारण पार्टीका नेता तथा कार्यकर्ताले एक कार्यकाल पुनः अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको उनको भनाई छ । बैशाखको चुनाव पछि ओली नेतृत्वको पार्टीको बहुमतको सरकार निर्माण गर्न कुनै तागतले रोक्न नसक्ने पनि उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया