काङ्ग्रेस र कम्युनिष्टसंग जनता दिक्क : कमल थापा – Nagarikabhiyan : National News

काङ्ग्रेस र कम्युनिष्टसंग जनता दिक्क : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठ र काङ्ग्रेसको काम र व्यबहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आबरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए ।

पार्टीको हेटौंडा (५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्बधर्म समभाब सहितको सनातन धर्मको रक्षा अहिलेको आबश्यकता भएको बिचार ब्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतरा प्रती चिन्ता प्रकट गरे ।

थापाले निर्बाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले बिकास र समृद्धिको सपनालाई २०६२/६३ पछिको परिबर्तनले सस्थागत गर्नुको सट्टा चकनाचुर पारेको थापाको टिप्पणी थियो ।