प्रचण्ड–नेपाल समूहले भोलि देशभर जनयुद्ध दिवस मनाउने – Nagarikabhiyan : National News

प्रचण्ड–नेपाल समूहले भोलि देशभर जनयुद्ध दिवस मनाउने

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले फागुन १ अर्थात् भोलि देशभर जनयुद्ध दिवस मनाउने  भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडाबाट भोलि सबै जिल्लामा जनयुद्ध मनाउन सर्कुलेसन जारी गरिएको छ।

तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्ध ०५२ साल फागुन १ गते सुरु भएको सन्दर्भमा भोलि जनयुद्ध दिवस मनाउन लागेको हो । हरेक वर्ष नेकपाले यस दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ।

यस्तै  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘जनयुद्ध दिवस’ मनाउने भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि जनयुद्ध दिवसलाई मनाउने भएको छ।

यता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवस नमनाउने भएको छ ।