देशमा राजनीतिक उथलपुथलकाबीच झलनाथ खनाल दिल्ली प्रस्थान – Nagarikabhiyan : National News

देशमा राजनीतिक उथलपुथलकाबीच झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत खनाल शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् ।पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएका उनको सचिवालयले जनाएको छ । उनी स्वास्थ्य जाँच गराएर दुई दिनभित्रै सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।

तर देशमा राजनीतिक उथलपुथल भइरहेको बेला उनी दिल्ली जानुलाई समेत अर्थपुर्ण रुपमा हेरिएको छ । भारत प्रचण्ड–नेपाल समुहबाट चिढिएको बेला उनी दिल्ली उप्रस्थान गरेका छन् । प्रचण्डले प्रतिनिधिसभा विघटन विरुद्ध विदेशी शक्तिहरुको पनि साथ र सहयोग खोजिरहेका छन् । तर प्रचण्ड–नेपाल समुहलाई तत्कालको अवस्थामा भारतले साथ नदिने वैदेशिक मामिलाका जानकार बताउँछन् ।

पछिल्लो समय भारतीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुमधुर सम्बनध रहेको र भारतकै उक्साहटमा ओलीले देशमा वर्तमान परिस्थिती निम्त्याएको बताइन्छ ।