भोकभोकै इनरुवाका विपन्नहरु – Nagarikabhiyan : National News

भोकभोकै इनरुवाका विपन्नहरु

इनरुवा । सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडाका विपन्न, गरिब, सुकुम्बासी र दलित बस्तीका नागरिकहरु लकडाउनका कारणले भोकभोकै बस्न बाध्य भएको गुनासो गरेका छन् ।

पहिलो चरणमा केही परिवारलाई १० र १५ केजी चामल राहत दिएपनि महिनायता कुनै राहत नदिएकाले धेरै विपन्न, गरिब, सुकुम्बासी र दलित बस्तीका नागरिकहरु भोकभोकै बाध्य भएको गुनासो गरेका हुन् ।
इनरुवा ३ को दलित बस्ती, मुसहर टोल, कोरेसी टोल , प्रगती टोल सहित नगरको विपन्न वडामा पहिलो चरणको राहत सकिएको र लकडाउन नखुलेकाले काम नपाएर घरमा बस्दा भोकै बस्नुपरेको गुनासो सुनाएका छन् ।

यसअघि एकैपटक जनप्रतिनिधिहरुले लकडाउन पीडित ज्यालादारी मजदुरी गरि खानेहरु, सुकुम्बासी, गरिब तथा विपन्न परिवारलाई राहत नदिई हुनेखाने र धेरै धनी व्यक्तिहरुलाई मात्र राहत वितरण गरेको गुनासो बाहिर आएको थियो ।
केही बास्तवीक विपन्न, गरिब, सुकुम्बासी र दलित बस्तीका नागरिकहरु लकडाउनका कारणले एक छाक खाएर अर्को छाक भोकभोकै बस्न बाध्य भएको गुनासो रहेदै आएकोमा पहिलो चरणमा पाएकाहरुलाई समेत महिना यता राहत नदिएकाले समस्यामा परेका छन् ।

जिल्लामा करिव दुई महिनादेखी लकडाउनका कारणले पीडितहरु, ज्यालादारी मजदुरी गर्नेहरु, सुकुम्बासी, गरिब , दलित तथा विपन्न परिवारको जनजिवन प्रभावित भएको छ । पहिलो चरणमा वडा अध्यक्षहरुले आफ्नो पार्टीका नेता कार्यकर्ता र जातीकालाई मात्रै राहत दिएकाले सकुम्बासीहरु र विपन्नहरु भोकभोकै बस्न बाध्य भएको गुनासो आएको थियो ।

अहिले समेत सोही समस्याबाट धेरै परिवार गुज्रेका छन् । इनरुवाका विभिन्न वडाका वास्तविकहरुलाई राहत नदिई हुनेखाने र धनी व्यक्ति तथा पार्टी र आफ्नो जातीहरुलाई मात्र राहत वितरण गरेको गुनासो बाहिर आएको बेला इनरुवा ३ मा राहत दिनुपर्ने कि काम दिनुपर्ने वा रोजगारीमा जान दिनुपर्ने माग गरेका छन् ।