ताेलामा चार सय घट्याे सुनको भाउ – Nagarikabhiyan : National News

ताेलामा चार सय घट्याे सुनको भाउ

काठमाडौं । आज सुनको भाउ घटेको छ । आज सुन तोलाकाे ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ हिजोकोभन्दा चार सय रुपैयाँले कम हो ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर तोलाको ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।