नेपाल कोरोना अपडेटः ४ जना पत्रकार पनि कोरोना संक्रमित रहेको खुलासा – Nagarikabhiyan : National News

नेपाल कोरोना अपडेटः ४ जना पत्रकार पनि कोरोना संक्रमित रहेको खुलासा

पर्सा । आज एकै दिन भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये ४ पत्रकार समेत रहेका छन् ।

नारायणी अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म ४ जना पत्रकारहरु रहेको खुलेको हो ।

मंगलबार संक्रमण पुष्टि भएका सबैको विषयमा डिटेल लिने काम भइरहेको जनाएको छ । एकैदिन ३९ जनामा कोरोना संक्रमण देखिएकाले पर्सामा समुदायमा पनि कोरोना संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

एक डाक्टरले दिएको जानकारी अनुसार पर्सामा संकलन भएका थ्रोड स्वाब परीक्षणको क्रम अझै जारी रहेको छ । त्यसैले पर्सामा संक्रमितको संख्या अझै बढ्न सक्ने डाक्टरले बताएका छन् ।