अन्योलकै बीच निर्वाचन सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी
२८ माघ २०७७, बुधबार ११:३०
काठमाण्डौ । निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ । आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाका अनुसार सम्भवतः आज नै टेण्डर आह्वान गर्ने तयारी छ ।
प्रतिनिधि सभा विघटनसँगै तोकिएको मितिमै मध्यावधि निर्वाचन गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उलने बताए ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभइसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तीव्रता दिएको हो ।
प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ । पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारले निर्णय गरिसकेको छ । सरकार र निर्वाचन आयोगले तयारी भैरहेको भने पनि चुनावबारेको अन्योल भने कायमै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया