भागरथी हत्याका दोषीलाई जोगाउने काम नहोस् : साझा पार्टी
२५ माघ २०७७, आईतवार १७:०९
काठमाडौं। भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार विज्ञप्ति जारी गरेर विवेकशील साझाले यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने विगत नदोहोरियोस् भन्दै चेतावनी दिएको हो।
‘हत्या हुनुअघि बलात्कारको आशंका गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग विनम्र अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा विवेकशील साझा पार्टी सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन चाहन्छ।’
विवेकशील साझा पार्टीले सहरदेखि गाउँसम्म शान्ति-सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको पनि बताएको छ। विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम-कारबाहीलाई मिहीन ढंगबाट नियाल्न पनि आग्रह गरेको छ।लोकपाटी न्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया