प्रधानमन्त्री ओलीलाई ‘आई लभ यु’ भनेपछि घनश्याम भुसाल जले ! – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीलाई ‘आई लभ यु’ भनेपछि घनश्याम भुसाल जले !

पोखरा। नेकपा प्रचण्ड– माधव समूहका नेता घनश्याम भुसाल प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुमाथि खनिएका छन् ।

पोखरामा शुक्रबार भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै केपी बा आई लभ यु, आई लभ यु भन्दै जोर जोरले नारा लागिरहेको छ,  यसलाई ठट्टाको रुपमा नलिऔं भन्दै आक्रोस पोखेका हुन् ।

उनले भने, ‘केपी बा आई लभ यु, आई लभ यु भन्दै जोर जोरले नारा लागिरहेको छ । यसलाई ठट्टाको रुपमा नलिऔं । यो ओलीवादको फर्ममा आउँदै छ,’ भुसालले भने, ‘उहाँले बनाउन खोजेको संगठन उहाँले तोकेका मान्छेहरुको संगठन हो । यो ओलीवाद हो ।’

ओलीवादका रुपमा फाँसीवादको विकास भइरहेकाले त्यसलाई घुँडा टेकाउन किन जरुरी रहेको भुसालको भनाइ थियो ।

‘रामराज्यको परिकल्पनामा जब मण्डलेहरु स्टेजमा आए, पञ्चायतको दिनगन्ती सुरु भयो,’ भुसालले भने, ‘कमरेड ओली तपाईंले मण्डलेहरु अघि ल्याउन थाल्नुभएको छ, अब ओलीवादको अवसान सुरु भयो ।’