प्रधानमन्त्री ओलीपक्षको आमसभा विरूद्ध प्रचण्ड समुहले आगो लायो
२३ माघ २०७७, शुक्रबार २०:०१
सप्तरी । शुक्रबार (आज) काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीपक्षको समुहले आमसभा गरेको छ । यस्तोमा प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपा सप्तरीले प्रधानमन्त्री केपी ओलीको पुतलामा आगो लगाएका छन् ।
प्रधानमन्त्री ओलीको आमसभाका दिन उनको पुत्ला दहन गर्दै बदला लिन खोजिएको छ । यस्तै बिहीवार प्रचण्डसमुहले गरेको नेपाल बन्दको क्रममा जनकपुर, काठमाडौं सहित देशको विभिन्न भागमा भएको प्रहरी दमनको विरोधमा पनि शुक्रबार ओलीको पुल्ला दहन गरेको हो ।
जनकपुरमा प्रहरीको दमनबाट मातृकाप्रसाद यादव र रामचन्द्र झासहितका नेताहरु घाइते भएका थिए । उनीहरु हत्या गर्ने योजनाले गोलि प्रहार गर्दै निर्घात कुटपिट गरेको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेकपाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया