सिन्धुलीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, २३ घाइते
२३ माघ २०७७, शुक्रबार १९:३१
सिन्धुली । हरिहरपुरगढी गाउँपालिका ५ सिमरास पाखामा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
हरिहरपुरगढी गाउँपालिका २ बख्फरबाट मरिण गाउँपालिका २ को रातोमाट जाँदै गरेको जन्ती बोकेको ना ५ त ५३५६ नं ट्र्याक्टर शुक्रबार दुर्घटनामा परी मरिण गाउँपालिका २ का २५ वर्षीय प्रताप लो को मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् ।
गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट काठमाडौं पुर्याइएकामा वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका क्रममा लो को मृत्यु भएको प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए । ट्र्याक्टरमा ३४ जना जन्ती सवार थिए । दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई पनि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ ।
दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली र स्थानीयले उद्धार गरेका थिए । प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । ओभरलोडका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।कान्तिपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया