सुनसरीमा यादव पत्रकार समाज गठन – Nagarikabhiyan : National News

सुनसरीमा यादव पत्रकार समाज गठन

सुनसरी । सुनसरीको विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका यादव समुदायका पत्रकारहरु समेत संगठिन भएका छन । पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउने पत्रकारहरुको जिल्ला भेलाबाट जयकृष्ण यादवको अध्यक्षतामा १३ सदस्य यादव पत्रकार समाज गठन गरिएको छ ।

सुनसरीको इटहरी स्थित तालतलैयामा भएको यादव पत्रकारहरुको भेलाले जयकृष्णको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्ष आषिश कुमार यादव, सचिवमा दिपेन्द्र यादव, सहसचिवमा पारसमणी यादव, कोषाध्यक्षमा पप्पु यादवलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा सन्तोश यादव, प्रमोद यादव, विनायक प्रसाद यादव, सूर्यनारायण यादव, ममता यादव, उशिका यादव, दिनेश यादव र गणेश यादव चयन भएका छन् ।

भेलामा नेपाल पत्रकार महासंघका पूर्ण अध्यक्ष राजेश विद्रोही यादव सहितको उपस्थिती रहेको थियो । सुनसरीमा २५ जना बढी यादव पत्रकारहरु स्थानीय तथा राष्टिय मिडियामा कार्यरत्त रहेका छन् ।
१, सुनसरीमा गठन भएको यादव पत्रकार समाजका पदाधिकारीहरु ।