धरानबाट तीनजना पक्राउ – Nagarikabhiyan : National News

धरानबाट तीनजना पक्राउ

इनरुवा । सुनसरीको धरानमा सरकार विरुद्ध सुरु गरिएको आन्दोलनका क्रममा आह्वान गरिएको नेकपा नेपाल र प्रचण्ड समूहको बन्द सफल गर्न नाराबाजी गर्ने तीन जनालाई प्रहरीले गिरफतार गरेको छ । प्रहरीले धरानबाट विहीबार नेकाप नेपाल प्रचण्ड समूहका नेता धरान उपमहानगरपालिका ३ का विजय लामा र धरान उपमनपा ८ का दिनेश पौडेल र अर्का एक जनालाई विहान गिरफतार गरेको हो ।

प्रहरी दमन विरुद्ध नाराबाली गर्दै पक्राउ परेकालाई रिहाको माग गर्दै दिनभर नगर परिक्रमा जारी राखेको पार्टीका धरान नगर इन्चार्ज चोत्लुगंले जानकारी दिनुभयो । सुनसरीका प्रहरी उपरीक्षक एसपी कमल थापाले समान्य अवस्था रहेको र हुलहुजत गर्नेलाई सचेत मात्रै गराएको जनाएको छ । जिल्लामा भने बन्दका आंिशक प्रभाव मात्रै परेको थियो ।