प्रचण्ड समु्हको आतंकलाई मतलब नदिइ टोपबहादुरले मच्चाए खैलाबैला – Nagarikabhiyan : National News

प्रचण्ड समु्हको आतंकलाई मतलब नदिइ टोपबहादुरले मच्चाए खैलाबैला

पर्वत। आज नेकपाको प्रचण्डनेपाल समुहले देशभर बन्द हड्ताल गरेको थियो । तर, यसबीच ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले  बन्दको प्रवाह नगरी पर्वतमा धुमधामका साथ समहारोहको सम्बोधन गरेका छन् ।

कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा आज आयोजित कालीगण्डकी प्रशारण करिडोरको सवस्टेशन उद्घाटन समारोहमा मन्त्री टोपबहादुरले भोषण गरेका हुन् ।

उनले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् । मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको तर्क गरे ।

नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधिन सबै विद्युत् आयोजनाहरु सम्पन्न भएपछि निर्यात गर्न सकिने बताए।