ओली र विप्लवको कुरा मिल्यो, लाइन मिलेपछि विप्लवले गरे प्रधानमन्त्रीको प्रशंसा – Nagarikabhiyan : National News

ओली र विप्लवको कुरा मिल्यो, लाइन मिलेपछि विप्लवले गरे प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको विचार मिलेको छ ।

हालै विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागारमा गएर भेटेर आएका खानेपानी मन्त्री मणि थापाले विप्लव र प्रधानमन्त्रीको विचार मिलेको खुलासा गरे ।

मन्त्री थापाले राष्ट्रियताका सवालमा ओली र विप्लवको विचार एउटै भएको र लाइन मिलेपछि विप्लवले प्रशंसा गरेको खबर हेमन्तप्रकाशबाट आफूले पाएको सुनाए । उनले प्रधानमन्त्री र विप्लववबीच सहकार्यको कुरा अगाडि बढेको समेत जानकारी गराए ।

ओलीले यसअघि विखण्डनवादी सिके राउतलाई मुलधारको राजनीतिमा ल्याइसकेका छन् भने विप्लवलाई पनि मुलधारको राजनीतिमा ल्याएर प्रधानमन्त्री ओली नेपाललाई सबैको साँझा देश बनाउने अभियानमा लागेका छन् । तर यस्तो बेला उनीमाथि आफ्नै पार्टीबाट असयोग भएपछि उनले संसदै विघटन गरेर चुनावमा जाने निर्णय गरेका छन् ।

मन्त्री थापाका अनुसार आगामी निर्वाचनमा विप्लवसँग प्रधानमन्त्री ओलीको सहकार्य हुनसक्छ । विप्लव चुनावमा आउनेछन् ।