चीनका नागरिकले एटिएम ह्याक गर्दा पनि चेतेनन् बैंकहरु, एटिएममा नेपाली होइन चिनियाँ भाषा प्रयोग
२९ बैशाख २०७७, सोमबार १५:५०
काठमाडौँ । ८ महिनाअघि काठमाडौंमा एटिएम ह्याकिङ प्रकरणमा चिनियाँ नागरिकहरु पक्राउ परे। पर्यटक भिसामा नेपाल आएर उनीहरु करोडौं रुपैयाँ एटिएम ह्याक गरी लुट्ने तयारी थिए। लुट्दै गर्दा सुरुमै पक्राउ परे। त्यसयता सयौं चिनियाँ नागरिक निगरानीमा परेपछि नेपाल छाडे। कैयौ चिनियाँ बस्ने ठाउँमा छापासमेत हानेर नियन्त्रणमा लिइयो। त्यतिबेला समयमै सूचना पाउँदा र एक्सन लिँदा चिनियाँ नागरिकले नेपालको करोडौं रुपैयाँ लुट्नबाट जोगियो।
चिनियाँ नागरिकको अपराध प्रयासबाट बैंक तथा वित्तिय संस्थाहरु हच्किए। सुरक्षाका उपायहरु अपनाए। तर, ८ महिनाअघि चीनसँग हच्किएका बैंकहरु फेरि चिनियाँ भाषालाई अंगाल्न पुगेका छन्। बैंकहरुले आफ्नो एटिएम मेसिनमा नेपाली भन्दा चिनियाँ भाषालाई प्राथमिकता दिएका छन्। अंग्रेजी र चिनियाँ भाषामा लेखिएको अहिले देख्न सकिन्छ।
जसरी नेपालको राजनीतिमा चिनियाँ दूतावासको प्रभाव देखिइरहेको छ त्यसैगरी बैंकका एटिएममा चिनियाँ भाषाको प्रभाव देखिएको छ। नेपाली बैंक भएर नेपाली भाषा छैन। उल्टै बैंक लुट्ने, एटिएम ह्याक गर्ने चिनियाँको भाषा अवलम्बन गर्नु कहाँसम्मको प्रभाव हो भन्ने प्रष्ट हुन्छ। नेपाली बैंकहरु मध्ये अग्रणी नबिल बैंकको एटिएम फोटो हेर्दा नै प्रष्ट हुन्छ कि चिनियाँ भाषाको प्रभाव कति छ भनेर। बैंक लुट्नेहरु, ह्याक गर्नेहरुको भाषा राख्दा के बुझ्न सकिन्छ भने बैंकहरु अझै चेतेका छैनन्। फेरि लुटिन चाहन्छन्।नेपालपानाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया