प्रहरीले भन्यो– आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई छोड्दैनौं – Nagarikabhiyan : National News

प्रहरीले भन्यो– आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई छोड्दैनौं

काठमाडौं। नेपाल प्रहरीले आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई नछाड्ने कारबाहीको दायरमा ल्याउने बताएको छ । सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्तालको घोषणा गरेको छ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औ’षधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने नेकपाले जनाएको छ।

उनले भने, “सुरक्षा व्यवस्था कडा पार्छौँ । पसल बन्द गराउँदै हिँड्ने र अन्य गैरकानुनी कार्यमा लागेकाहरुलाई नि’यन्त्रणमा लिएर कारबाही गर्ने काम हामी गर्छौँ । कसैलाई जबर्जस्ती गरे पनि हामी कारबाही गर्छौँ।”