नारायणहिटीमा बामदेव र यान्छिको भेट : अचानक प्रधानमन्त्रीबाट आयो ‘कडा एक्सन’ – Nagarikabhiyan : National News

नारायणहिटीमा बामदेव र यान्छिको भेट : अचानक प्रधानमन्त्रीबाट आयो ‘कडा एक्सन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित अवस्थामा रहेका बेला चिनियाँ सक्रियता निरन्तर बढेको छ । आजमात्रै नारायणहिटीको पूर्वगेटमा वरिष्ठनेता बामदेव गौतम र चिनियाँ राजदुत होउ यान्छिबीच भेट भएको छ ।

सुरुदेखि नै चीनले प्रधानमन्त्री ओलीलाई गलाएर विभाजित समुह प्रचण्डनेपालसँग मिलाउन खोज्दै आएको छ । तर, प्रधानमन्त्री ओलीले भने नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप पस्न दिएका छैनन् ।

चिनियाँ रादुतले भेट्न खोज्दा समेत प्रधानमन्त्री ओलीले भने भेटेका छैनन् । यान्छीले प्रचण्डनेपालगायतका नेताहरुलाई भेटेर प्रधानमन्त्री ओलीविरुद्ध रणनीति बनाउँन खोजिरहेको आशंका गरिएको छ ।

यस्तोमा प्रधानमन्त्री ओलीले केही दिनअघि आफु निकट नेताहरुसँग छलफल गर्दै चिनियाँ सक्रियताविरुद्ध कदम चाल्न सक्ने संकेत गरेका छन् । देशको विकराल राजनीतिक स्थितीलाई सुधारको बाटोतिर लैजान खोजिरहेका प्रधानमन्त्री ओलीविरद्ध चिनियाँ प्रपञ्च बढ्न थालेपछि बालुवाटारबाट कडा कदम चाल्नु पर्ने स्थिती सिर्जना भएको मानिएको छ ।

यसबीच एकता अभियानमा लागेका नेता गौतमसँग आज चिनियाँ राजदुत यान्छीले गरेको भेटलाई समेत अर्थपूर्ण तरिकाले हेरिएको छ । यस्तोमा प्रधानमन्त्री ओलीले निरन्तरको चिनियाँ सक्रियताविरुद्ध कडा कदम चाल्नसक्ने अनुमान गरिएको छ ।