खडकको ६० स्थानमा मनोसमाजिक सहयोग कार्यक्रम हुदै – Nagarikabhiyan : National News

खडकको ६० स्थानमा मनोसमाजिक सहयोग कार्यक्रम हुदै

राजविराज । सप्तरीको पश्चिम भेगमा रहेको खडक नगरपालिकाको बिभिन्न वडाहरुमा अहिले मनोसमाजिक सहयोग कार्यक्रम अन्र्तगत प्रंशिक्षण तथा सिकाई कार्य भइरहेको छ ।

बिषेश गरि सानो सानो बच्चाका अभिभावकहरुको सहभागिता गराएर उक्त तालिम दिइरहेको सबलन नेपालका मनोसमाजिक सहयोग कार्यक्रम परियोजना अधिकृत डिकुरा पोखरेलले जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालले मंसिर २५ गतेदेखि नै संचालन गरेको मनोसमाजिक सहयोग कार्यक्रम खडक नगरपालिका भित्र रहेको बिभिन्न वडामा करिब ६० स्थानमा यो कार्यक्रम संचालनमा रहेको पाइएको छ ।

जिल्लाको खडक नगरपालिका वडा नं.६ को चकवा र वडा नं. ७ को कल्यानपुरमा हप्ताका सोमबार यो कार्यक्रम आयोजना भइरहेको छ भने अन्य ठाउँमा पनि यो कार्यक्रम हप्ताका प्रत्येक दिन बिभिन्न ठाउँमा क्रमशः मंगलबार,बुधवार,बिहीवार र आइतबार पनि संचालन हुदै आएको जनाइएको छ ।

हप्ताको शुक्रबार र शनिवार दुई दिन भने यो कार्यक्रम नहुने गरेपनि अरु बाँकी दिन कार्यक्रम संचालनमा रहेको देखिएको छ ।

सबल नेपालका सहजकर्ता सुमन कुमारी साहका अनुसार चकवामा सोमबार एक दिन मनोसमाजिक सहयोग कार्यक्रम अहिले ७ औ सेसनको कार्यक्रम संचालनमा जानकारी दिनुभयो ।

यो सेसन १ देखि १२ सम्म चल्ने सेसनमा परिचाय, भावनाहरु के के छन , पेमा वा कृतज्ञता, बालबिकसमा देखिने तनावको पहिचान गर्ने, मेरो सहयोग संजाल, मेरो समाजिक संगाललाई बलिया बनाउने,शारिक ब्याम,ब्यवस्थित स्वास्थ्य राखने ,बोल्ने ब्यवहारमा परिर्वतन,समाजमा कसरी मेलमिलाप गरि बस्ने,बच्चालाई कसी हेर्चार गर्ने,मिठो मायाले बच्चालाई कसरी स्याहार सुसार गर्ने जस्ता समाजिक कार्यहरु सिकाई रहेको सहजकर्ता साहलले बतउनुभयो ।

खडक नगरपालिकाको बिभिन्न वडाहरुमा ६० वटा स्थालमा एकै साथ संचालनमा रहेको कार्यक्रममा ६७६ जना महिलाहरु सहभागि रहेको सबल नेपालले जनाएको छ ।

खडक नगरपालिकाको वडा नं. २ मा १० वटा ,वडा नं. ४ मा १०,वडा नंं ६ मा १०,वडा नं. ७ मा १०,वडा नं. ८ मा १० स्थान र वडा १० मा समेत १० गरि ६० वटा स्थानमा अहिले मनोसमाजिक सहयोग कार्यक्रम संचालनमा रहेको जनइएको छ ।

परिचाय गर्ने,बच्चा स्याहार,बच्चालाई नहिरकाउने लगायतका तालिम दिई रहेको जानकारी दिदै १ देखि १२ वटा सेसन मध्य अहिले ७ औ सेसनको कक्षाहरु संचालनमा रहेको अका सहजकर्ता अर्चाना साहले जानकारी दिनुभयो ।

मनोसमाजिक सहयोग कार्यक्रमममा ६ वटा सहजकर्ताहरुले तालिम दिई रहेको बताउदै तालिममा सहभागि बालबालिकाहरुलाई समेत खेल सामग्री प्रदान गरिएको छ ।

उनीहरुलाई खेलन र मनोरंजनका लागि सफट बल र हिमहिमबाजा समेत दिएको छ । उक्त मनो समाजिक सहयोग कार्यक्रम सेसन १ देखि १२ सम्मको तालिम सकेपछि मात्र सकिने छ ।

तालिममा सहभागि सुनिता कुमारी चौधरीले भन्नुभयो हामी तालिममा सात दिनदेखि बच्चालाई स्याहार, घरपरिवारमा कसरी ब्यवहार मिलाएर बस्ने,एक अर्कालाई सहयोगको भावना र परिवारमा मिलेर आफनो कामकाज कसरी गर्ने जस्ता कुराहरु सिकिएको बताउनुभयो ।

त्यस्ते वडा ७ की सदस्य समेत रहेका जलेश्वरी देवी मंडलले सिकेको कुराहरु ब्यवहारमा उतारेर समाजको अन्य ब्यक्तिहरुलाई मनोसमाजिक सहयोगको बारेमा जानकारी गराउनु नै समाजको परिर्वतन गर्न सकिने बताउनुभो ।