कांग्रेसबाट १३ अस्त्र प्रहार, भोलि देशभर खैलाबैला
१८ माघ २०७७, आईतवार २०:१९
काठमाडौं। प्रतिनिधि सभा विघटनविरूद्ध भोलि नेपाली कांग्रेसका १३ भातृसंगठनहरुले देशभर प्रदर्शन गर्ने भएका छन् ।
काँग्रेसका १३ वटै भातृ संगठनहरूले सयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल समेत गरेका छन् ।
पार्टीको १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामै प्रदर्शन गरिँदै छ ।
भोलिको प्रदर्शनमा काँग्रेसका भ्रातृ संस्थाहरुले संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनताका मुद्दालाई अघि सारेरका छन् ।
यस्तो छ विज्ञप्ती:


फेसबुकबाट तपाईको प्रतिक्रिया