आन्तरिक खुलासा : संसद नहुँदा सरकारी ढुकुटी रित्याउँदै ओली
१८ माघ २०७७, आईतवार २०:१३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा आउँदो चुनवाका लागि देशभर दौडाहमा लागेका छन् ।
पार्टीका आमसभामा सहभागी हुन कार्यक्रमस्थलसम्म पुग्न भने उनले विकासको आयोजनाहरुका नाममा राज्यकोषको खर्च गरिरहेको बताइएको छ ।
चर, चलाख ओलीले सरकारी खर्चमा पार्टीको कार्यक्रमका लागि दौडाहमा निस्कँदा विरोध र आलोचना हुँने थाहा पाउँदै सरकारको काम देखाउन उनले शिलान्यास र उद्घाटनलाई तीव्रता दिएका छन् ।
उनले आमसभामा सहभागी पनि हुने र स्थानीय क्षेत्रमा सरकारको काम र प्रयास झल्काउने कार्यक्रम पनि गर्ने गरी एकै तीरबाट दुई निशाना लगाउने प्रयास बढाएको देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया