एउटै कक्षाका २२ बालबालिकामा कोरोना संक्रमण – Nagarikabhiyan : National News

एउटै कक्षाका २२ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । भारतको छत्तीसगढ राज्यको कोन्डागाउँ जिल्लामा एकै कक्षाका २२ बालबालिकामा कोरोना भाइरसको संक्रमण भएको छ ।  जिल्लाको बडेराजपुर विकाखण्डस्थित मोहल्ला कक्षामा २२ बालबालिका कोरोना पोजिटिभ पाइएका हुन्।

घटनाबारे जानकारी दिँदै सीएचएमओ डा. टीआर कुँवरले भने कि बडेराजपुर विखण्डबाट सञ्चालित मोहल्ला कक्षामा एक बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

जाँच गर्दा उनमा कोरोना पोजिटिभ पाइयो। त्यसपछि कक्षाका अन्य बालबालिकाको पनि पीसीआर जाँच गर्दा एकसाथ २२ बालबालिकाका कोरोना संक्रमण पुष्टि भएको हो।

डा। कुँवरका अनुसार यी बालबालिकको उमेर ११ देखि १४ वर्षबीच छ। गाउँलेले ती बालबालिकालाई अन्यत्र लान नदिएपछि छात्रावासमै आइसोलेसन बनाएर राखिएको छ। ती बालबालिकाको सम्पर्कका आएका अन्य बालबालिका एवं उनीहरूको परिवारका सदस्यलाई स्थानीय स्तरमै आइसोलेट गरिएको छ।