किन लगाउदै छ सेनाको बख्तरबन्द गाडीले भोलि राति चक्रपथको चक्कर ? – Nagarikabhiyan : National News

किन लगाउदै छ सेनाको बख्तरबन्द गाडीले भोलि राति चक्रपथको चक्कर ?

काठमाडौं। नेपाली सेनाको बख्तरबन्द गाडीले माघ १९ (भोलि) राति काठमाडौंको चक्रपथको चक्कर लगाउने भएका छन् । नियमित अभ्यास योजना अनुसार यस्तो गर्न लागिएको सेनाले जनाएको छ । ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति वख्तरवन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको,’सेनाले विज्ञप्तिमार्फत भनेको छ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले गाडीहरुले माघ १९ को राति चक्रपथको चक्कर लगाउने जानकारी गराए । सेनाको वख्तरवन्द माघ १९ मा काठमाडौंमा र २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा वख्तरवन्द निकालिएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । यसलाई सेनाले नियमित अभ्यास भनेको छ ।

देशमा राजनीतिक संकट गहिरिदै जाँदा सेनाको पछिल्लो सक्रियता र वख्तरवन्द सहितको रातमा समेतको अभ्यासलाई चासोका साथ हेरिएको छ ।