३ दिन पनि टिकेन प्रधानमन्त्री ओलीले बोली, चितवन पुगेर यसरी सच्याए
१८ माघ २०७७, आईतवार १४:००
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिन नहुँदै आफुले दिएको एक अभिब्यक्ति सच्याएका छन् । उनले तीन महिनाभित्र सबै नेपालीले खोरोनाविरुद्धको खोप प्राप्त गर्ने सक्ने भन्दै दिएको अभिव्यक्ति सच्याएका हुन् ।
गत बुधबार खोप अभियानको उद्घाटन गर्दै उनले तीन महिना भित्रमा सबै नेपालीले खोप लगाउन पाउने अभिब्यक्ति दिएका थिए । तर त्यो अभिब्यक्ति दिएको तीन दिन नहुँदै उनले सच्याएका छन् । उनले दिएको अभिव्यक्ति फेर्दै उनले अब एक वर्षमा सबै नेपालीले कोरोनाको खोप पाउने बताएका छन् ।
उनले शनिवार चितवनमा भएको कार्यक्रममा सबै नेपालीका लागि खोप उपलब्ध हुन १ वर्ष लाग्ने दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् । उनले फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खोप उपलब्ध हुनै ३ महिना लाग्ने पनि बताए ।
भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप दिने योजना अघि सारेको छ।हिमाली दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया