‘जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस्’
१७ माघ २०७७, शनिबार १७:४५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन्। चितवनमा आफू पक्षीय नेकपाको जनसभालाई भरतपुरमा सम्बोधन गर्दै ओलीले प्रचण्डको लागि भोट माग्न २०७४ को निर्वाचनका क्रममा चितवनको पर्यटकीय केन्द्र माडी पुगेको र सो ठाउँलाई मणि बनाउँछु भनेको स्मरण गरे। तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् भन्दै ओलीले कटाक्ष गरे ।
उनले भने, ‘चितवनको सुन्दर भूमि माडीलाई मणि बनाउँछु भनेको थिएँ । तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् त!” ।
यस्तै ओलीले पार्टी विभाजन नभएकाे भन्दै पिलो निचोर्दैमा शरीरको तौल नघट्ने बताए । ‘तपाईंहरूलाई पार्टी फुट्यो भनेर चिन्ता लागेको हो। पार्टी फुटेको होइन, केही मान्छे बाहिर गएका हुन्। पार्टी एकढिक्का छ। एकजुट छ’, ओलीले भने।
नेकपा एकढिक्का रहेकाे दाबी गर्दै ओलीले नेकपाको सबै धारको नेतृत्वकर्ता आफूले गरेकाे बताए । उनले भने, ‘केही मान्छे निचोरिएर गएका छन्। हामीले निचोरको पनि होइन, आफैं निचोरिएर गए। मुलधार हामी हौं।’
उनले तोकिएको समय वैशाख १७ र २७ गते निर्वाचन हुने पनि दावी गरे । ‘केही व्यक्तिहरूले अल्मल्याउनका चुनाव हुFदैन भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने, चुनाव हुन्छ। भ्रममा फैलाउनेहरू फैलाइरहून्।’ रातोपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया