प्रधानमन्त्रीविरुद्ध विज्ञप्ति निकाल्ने चार जना पूर्व प्रधानन्यायाधीशलाई ठूलो झट्का
१६ माघ २०७७, शुक्रबार ११:३१
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम विरुद्ध संयुक्त विज्ञप्ति निकाल्ने चार जना पूर्व प्रधानन्यायाधीशलाई लिखित जवाफ लिएर आफैं हाजिर हुन आदेश दिएको छ ।
न्यायाधीश मनोज शर्माको एकल इजलासले आज यस्तो आदेश दिएको हो । अधिवक्ता लोचन भट्टराईले चारै जना पूर्व प्रधानन्यायाधीशविरुद्ध बुधवार सर्वोच्चमा अवहेलना रिट निवेदन दायर गरेका थिए ।
अदालतले वारेसनामा अनुमति दिएको छैन । अब चारै जना लिखित जवाफ बुझाउन ७ दिनभित्र आफै उपस्थिति हुनुपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया