एक्सनमा उत्रियो निर्वाचन आयोग, दुवै पक्षलाई बोलाईयो !
१६ माघ २०७७, शुक्रबार ०९:३९
काठमाडौं । विवादका विषयमा निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल–माधव नेपाल समूह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुवै समूहसँग छलफल गर्ने भएको छ ।
आयोगले नेकपाका दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखेर आज छलफलका लागि कार्यालयमा बोलाएको हो । आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका विषयमा छलफल गर्न आफूहरूलाई बोलाएको एक नेताले बताएका छन ।
आयोगले बिहान साढे ११ बजे दुवै समूहबाट पाँच–पाँच जनालाई छलफलका लागि बोलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया