काठमाडौंमा पेस्तोलधारी युवक – Nagarikabhiyan : National News

काठमाडौंमा पेस्तोलधारी युवक

काठमाडौं । काठमाडौंको लैनचौरमा एक थान कटुवा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुशी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईलाई लैचनचोर ईलाकाको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो ।

एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपीएफ टोलीले चौलागाईलाई लैनचौरबाट कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोबाइल सेटसहित पक्राउ गरेको हो।

एपीएफ टोलीले पक्राउ परेका निज चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल, सोको गोली र मोबाइलसहित नेपाल प्रहरीलाई बुझाएको छ।