नेकपा एकता अभियान’ शुरु गरेको बामदेवलाई ठुलो झट्का, एकजना बाहेक कसैले पनि साथ दिएनन्! – Nagarikabhiyan : National News

नेकपा एकता अभियान’ शुरु गरेको बामदेवलाई ठुलो झट्का, एकजना बाहेक कसैले पनि साथ दिएनन्!

काठमाडौँ । नेकपा एकता अभियानमा लागेका वामदेव गौतमलाई एक जना बाहेक कसैले साथ नदिएको खुलेको छ । नेकपा फुटले कानुनी मान्यता पाउनुअगावै एकीकरणको प्रवाहमा फर्काउन आयोजना गरिएको राष्ट्रिय अभियानमै उपाध्यक्ष गौतमले साथ नपाएका हुन् ।

गौतमले आफूलाई हरि पराजुलीबाहेक कसैले साथ नदिएको बताएका हुन् ।
“मसँगै रहेका, मलाई साथ दिने साथीहरूलाई बोलाएँ । उहाँहरू चार–पाँच दिन मसँग रहनुभयो । छैठौँ दिनमा उहाँहरूले पिठ (पिठ्युँ) फर्काएर जानुभयो,” उनले दुःखमनाउ गर्दै भने ।

उनले अघि भने, “कोही उत्तरतिर (केपी ओली) जानुभयो । कोही दक्षिणतिर (पुष्पकमल दाहाल प्रचण्ड) जानुभयो । एउटामात्रै केन्द्रीय कमिटीको सदस्य  हरि पराजुली उहाँले भन्नुभयो– यसपल्ट मैले निर्णय गरेँ, वामदेव सफल भए म पनि सफल, वामदेव असफल भए म पनि असफल ।

योबीचमा मर्नै परेछ भने सँगै मर्ने सङ्कल्प गरेर तपाईंको साथमा छु । मैले एउटा साथीचाहिँ पाएको छु । मलाई के विश्वास छ भने सर्वोच्चमा पुगेको मुद्दा फैसला हुनेबित्तिकै केपी ओलीको समूहबाट पनि मिसिन आइपुग्नुहुनेछ ।  प्रचण्डको समूहमा रहेका साथीहरू पनि एकता अभियानमा मिसिन आइपुग्नुहुनेछ ।”