सानिमा बैंकले ६ महिनामा कमायो १ अर्ब ६ करोड
१४ माघ २०७७, बुधबार १२:०६
काठमाडौं । कान्छो वाणिज्य बैंक सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बुधबार सार्वजनिक बैंकको अपस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया