कांग्रेसभित्र गडबड, भोलि बैठकमा बनाइँदैछ विशेष रणनीति !
१२ माघ २०७७, सोमबार २०:४७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने विषयमा स्पष्ट हुन नसक्दा कांग्रेस भित्र गडबड भएको छ ।
भोलि पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बस्दै छ ।
बैठकअघि रिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । तर, सभापति निकट नेताहरु भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणामा छन् ।
यस्तो अलमलमा कांग्रेस रहँदा भोलिको बैठकले यसै विशेषयमा विशेष रणनीति बनाउँने भएको छ । बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने छल र निश्कर्ष निकालिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया