मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
२५ बैशाख २०७७, बिहीबार १७:०४
राजविराज । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सितापुरमा आज भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ बस्ने ३० बर्षिय बिक्रम सरदार रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको गरेको ना.३ ख.६१२६ नंम्बरको रोकी राखेको ट्रकमा सोही दीशा तर्फ जादै गरेको स.८ प.५६२९ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
सोही दुर्घटनामा परि मोटरसाइकमा सवार बिक्रम सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ कै ३६ बर्षिय तरुण सरदार घाइते हुनुभएको छ । उनको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा उपचारको लागि पठाएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते बिक्रमको पनि उपचारको लागि ल्याउदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया