विप्लव समूहले गरेको बन्दमा आगजनी – Nagarikabhiyan : National News

विप्लव समूहले गरेको बन्दमा आगजनी

दार्चुला । दार्चुलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बन्द घोषणा गरेको दिन (आज) दार्चुलामा ट्रकमा आगजनी भएको छ ।

गोकुलेश्वरबाट आइरहेको सुप्रप ००१क१५४८ नम्बरको ट्रकमा शनिवार दिउँसो ३ बजेतिर शैल्यशिखर नगरपालिका(९ नक्तड (ठूलशैन) जंगल नजिक आगजनी भएको हो ।

आगजनीबाट बसको अगाडीको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

आगलागी कसले र कसरी भयो भन्नेबारे अनुन्सधान भइरहेको प्रहरी जनाएको छ । सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज बन्द घोषणा गरेको थियो  ।